![]()
टीकापुर/काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन् । यसअघि शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । लहलहैमा काठमाण्डौको मेयरमा उममेद्वारी दिएका बालेन्द्रलाई जनताले विश्वास गरेपछि उनी अत्यधिक मतका साथ काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई उछिन्दै मेयर बनेका शाह स्वतन्त्र उममेद्वार भई निर्वाचन लडेका थिए । नगरपालिकाको पहिलो बैठक नै प्रत्यक्ष प्रसारणबाट शुरु गरेका उनी जनतामा थप लोकप्रिय बनेका छन् । स्वतन्त्रबाट जितेका उनी अहिले आफ्नो समैथनका लागि प्रमुख राजनीतिक दलका नेताहरु भेटदै हिँडेका हुन् ।
