Loading

टीकापुर, १८ जेठ/टीकापुर नगरपालिकामा आज बुधबार कार्यपालिका सदस्यको निर्वाचन भएको छ ।

उक्त निर्वाचनमा नागरिक उन्मुक्तीका ५ जना, नेपाली कांग्रेसका २ र नेकपा माओवादी केन्द्रका १ निर्वाचित भएका छन् । नागरिक उन्मुक्ती पार्टीबाट महिला सदस्यमा कैलासपती चौधरी, रुपमति डगौरा थारु, सरस्वति तिरुवा दलित अल्पसंख्यकबाट दिपकबहादुर निसानी र मञ्जु विक निर्वाचित भएका छन् ।

यस्तै नेपाली कांग्रेसबाट महिला सदस्यमा राजरानी चौधरी र दलित अल्पसंख्यकबाट रामबहादुर नर्गाजी निर्वाचित भएका हुन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा लवरी चौधरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिइन् ।

तर, नेकपा माओवादीसँग गठबन्धन गर्ने लिखित सम्झौता गरेको नागरिक उन्मुक्ति पार्टीले शुरुवातमै राजनीतिक बेइमानी गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । एक नेताका अनुसार उक्त पार्टीको जन्म नै राजनैतिक बेइमानीका लागि भएको बताए । गठबन्धनको पहिलो चरणमै धोका र बेइमानीबाट शुरु गरेपछि आगामी दिनमा नागरिक उन्मुक्ति पार्टीबाट नगरप्रमुख रहेका रामलाल चौधरीलाई काम गर्न गाह्रो हुने बताइएको छ ।

उपप्रमुख, तीन वडा अध्यक्ष समेत १४ स्थान जितेको माओवादी केन्द्र युद्धबाट समेत खारिएर राजनीतिमा आएको अवस्थामा आगामी दिनमा नगरपालिकामा उप्रमुखले मात्रै प्रमुखका मनलाग्दी योजनाहरु रोक्न सक्ने बताइएको छ ।
तर, नागरिक उन्मुक्ति श्रोतका अनुसार रामलाल माओवादी निकट भएर सहमति गरेपनि काँग्रेसबाट आएका रमेश बि.क. हाबि भएपछि सम्झौतामा धोका भएको बताइएको छ । नाम नबताउने शर्तमा सासु उपप्रमुखमा पराजित भएर उक्त पद माओवादीले जितेका कारण नै बि.क. माओवादीप्रति कडा भएको बताइएको छ । तर, नगरप्रमुखका लागि भने यो राजनीतिक धोकाको आगामी दिनमा ठूलो मुल्य चुकाउनु पर्ने बताइएको छ ।

चुनाव जिते लगत्तै आफू सबैको प्रतिनिधि रहेको र टीकापुरका जनताले सबैको समानुपातिक प्रतिनिधित्व गराएकाले सबैलाई मिलाएर लैजाने बताएका नगरप्रमुख चौधरीको पहिलो गासमै ढुंगा लागेको छ । राजनीतिक परिपक्वता नभएका चौधरीको उक्त भनाई गाइने चराको गीतमात्र भएको बताइएको छ । आगामी दिनमा उनलाई कसैले विश्वास गर्न नसक्ने बताइएको छ ।

स्मरणीय कुरा के छ भने उक्त पार्टीका संरक्षक रहेका रेशम चौधरीले पनि आन्दोलनका नेतृत्वकर्ताको हैषियतले शान्तिपूर्ण आन्दोलन गरिने भनेर हस्ताक्षर गरेकै दिन २०७२ भदौ ७ मा टीकापुर घटना भएको थियो । त्यसपछि रेमश चौधरीले आन्दोलन आफ्नो नियन्त्रणभन्दा बाहिर गइसकेको बताएका थिए ।

ठीक् त्यस्तै यतिबेला उनको पार्टीपनि चेन अफ कमाण्डाभन्दा बाहिर गइसकेको अडकल गर्न थालिएको छ । बुधवार नेकपा माओवादीले सहमति पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पुरानो कुराले पनि बजारमा चर्चा पाएको थियो ।