![]()
अहिलेको स्थानीय चुनावमा प्रतिगमन पराजित भए पनि त्यसलाई निर्णयात्मक रूपले पराजित गर्न सम्भव भएको छैन । खास गरेर पाँच दलका बीचमा भएको समझ्दारीलाई सबै पक्षहरूले इमानदारीपूर्वक पालना नगरेको हुनाले नै त्यस्तो हुन गएको हो र त्यसबाट प्रतिगमनलाई नै मद्दत पुगेको छ । आगामी प्रदेश र संसदीय चुनावमा अहिलेका जस्ता गल्तीहरू नदोहोराइएमा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हामीलाई दृढविश्वास छ । त्यसका लागि हामीले सबै पक्षहरूको ध्यान आकर्षित गर्न चाहान्छौँ ।
अहिलेको स्थानीय चुनावमा राजमोलाई महत्वपूर्ण सफलता प्राप्त भएको छैन । तैपनि पहिलेको स्थानीय चुनावको तुलनामा अहिलेको चुनावको परिणाम अपेक्षाकृत सन्तोषजनक रहेको छ । पाँच दलीय चुनावी तालमेलका कारणले राजमोलाई मात्र केही बढी लाभ पुगेको होइन, त्यसद्वारा प्रतिगमनलाई पनि धरै नै पराजित गर्नु सम्भव भएको छ । पाँच दलीय चुनावी तालमेलका कारणले ओलीको नेतृत्वको एमाले पनि देशव्यापी रूपमा नै धेरै नै पराजित हुन पुगेको छ । त्यसबाट पाँच दलीय चुनावी तालमेलको गम्भीर राजनीतिक अर्थ र महत्व भएको कुरा पनि प्रष्ट भएको छ । अहिले जस्तै आगामी प्रदेश र संसदीय चुनावमा पनि पाँच दलीय चुनावी तालमेलबाट धेरै नै फाइदा पुग्नेछ र प्रतिगमनलाई निर्णायात्मक रूपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हाम्रो ठहर छ । पाँच दलका बीचमा ओलीको नेतृत्वको एमालेसित कतै पनि चुनावी तालमेल नगर्ने समझ्दारी बनेको थियो । पाँच दलका बीचमा आपसी तालमेल हुन नसकेको अवस्थामा बेग्लाबेग्लै स्थानहरूमा आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सकिने, तर एमालेसित कुनै पनि स्थानमा तालमेल गर्न नमिल्ने समझ्दारी बनेको थियो । त्यो समझ्दारीलाई राजमोले ९मात्र० इमानदारी र दृढतापूर्वक पालन गर्यो । तर, अन्य पक्षहरूले देशका विभिन्न भागहरूमा पाँच दलभित्रका नै कतिपय पक्षहरूलाई पराजित गर्नका लागि एमालेसित पनि तालमेल गर्ने नीति अपनाए । त्यो नीति पाँच दलीय समझ्दारीको खुला प्रकारले उल्लंघन हो ।अहिलेको स्थानीय चुनावमा प्रतिगमन पराजित भए पनि त्यसलाई निर्णयात्मक रूपले पराजित गर्न सम्भव भएको छैन ।
खास गरेर पाँच दलका बीचमा भएको समझ्दारीलाई सबै पक्षहरूले इमानदारीपूर्वक पालना नगरेको हुनाले नै त्यस्तो हुन गएको हो र त्यसबाट प्रतिगमनलाई नै मद्दत पुगेको छ । आगामी प्रदेश र संसदीय चुनावमा अहिलेका जस्ता गल्तीहरू नदोहोराइएमा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हामीलाई दृढविश्वास छ । त्यसका लागि हामीले सबै पक्षहरूको ध्यान आकर्षित गर्न चाहान्छौँ । आज देशमा प्रतिगमनको खतरा अत्यन्त गम्भीर बनेर गएको छ र प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूका बीचको बलियो एकता र चुनावी तालमेलका आधारमा नै त्यसलाई पराजित गर्नु सम्भव हुनेछ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।
राजावादीहरूले गणतन्त्रको स्थापना कालदेखि नै गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्न संगठित प्रकारले अभियान चलाउँदै आएका छन् । अहिले देशमा प्रतिगमनको मुख्य नेतृत्व ओलीले नै गरिरहेका छन् । भारतीय साम्राज्यवादले नेपालको प्रतिगमनलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले मद्दत गरिरहेको छ । यी कारणहरूले गर्दा देशमा जनआन्दोलनका महान उपलब्धिहरू, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेत समाप्त हुने खतरा पैदा भएको छ । ०४६ र ०६२÷६३ मा जस्तै प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूको बीचको एकता वा गठबन्धनद्वारा नै प्रतिगमनमाथि विजय प्राप्त गर्नु र जनताको महान आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गर्नु सम्भव हुनेछ ।
पाँच दलीय गठबन्धनद्वारा अहिलेसम्म प्राप्त सफताहरू र अहिलेको स्थानीय चुनावमा पनि पाँच दलीय तालमेलको कारणले प्राप्त सफलताहरूका आधारमा यो कुरामा कुनै शंका रहन्न कि प्रतिगमनका विरुद्ध भएका शक्तिहरूको एकता वा गठबन्धनद्वारा नै प्रतिगमनमाथि विजय प्राप्त गर्नु सम्भव हुन्छ । तर, स्वयं पाँच दलभित्रका राष्ट्रिय जनमोर्चाबाहेक अन्य पक्षहरूले आफ्ना संकीर्ण वा क्षुद्र दलगत र स्थानीय स्वार्थहरू पूरा गर्नका लागि एमालेसित चुनावी तालमेल गर्ने जस्ता नीतिहरूबाट प्रतिगमनलाई बल पुग्ने गरेको छ । त्यस प्रकारका सम्झौतापरस्त नीतिहरूमा समयमा नै सुधार नगरिएमा तथा आफ्ना संगठनहरूमा स्थानीय रूपमा देखापर्ने त्यस प्रकारका प्रवृत्तिहरूमाथि कडाइपूर्वक नियन्त्रण नगरिएमा आगामी प्रदेश वा संसदीय चुनावमा पनि प्रतिगमनमाथि विजय प्राप्त गर्नु मुश्किल हुनेछ र प्रतिगमनलाई मिल्ने प्रत्येक सफलताका कैयौँ गम्भीर दुष्परिणामहरू हुनेछन् ।
अहिलेको स्थानीय चुनावमा प्रतिगमनका विरुद्धको संघर्षमा जोड दिने प्रश्नमा पाँच दलभित्र स्पष्ट दृष्टिकोण निर्माण भएको थियो र राष्ट्रिय स्तरमा त्यसलाई लागू गर्ने पनि प्रयत्न गरियो । त्यसले गर्दा चुनावका उत्साहप्रद परिणामहरू रहेका छन् । त्यसले पनि पाँच दलीय चुनावी तालमेल सही रहेको कुरामा कुनै शंका रहन्न । तर त्यो नीतिलाई स्थानीय रुपमा लागू गर्ने प्रश्नमा विभिन्न स्थानहरूमा कैयौँ कमजोरीहरू देखा पर्ने गरेका छन् वा पाँच दलीय गठबन्धनका समझ्दारीहरूको खुला रूपले उल्लंघन वा अतिक्रमण गर्ने गरिएको छ । यो वास्तविकता हो कि स्थानीय रूपमा चुनाव जित्नका लागि कतिपय पालिकाहरूमा राजमोबाहेक अन्य पक्षहरूले एमालेसित पनि चुनावी तालमेल गर्ने गरेका कैयौँ उदाहरणहरू छन् ।
राष्ट्रिय जनमोर्चामा पनि चुनाव जित्नका लागि एमालेसित तालमेल गर्ने विचार नआएका होइनन् र एमालेले पनि कतिपय पालिकाहरूमा त्यस प्रकारको तामलेलका लागि राजमोसित प्रस्ताव राखेको थियो । तर राजमोले त्यस प्रकारको सबै विचारहरूलाई दृढतापूर्वक अस्वीकार गर्यो । राजमो बाहेक पाँच दलभित्रका अन्य चार वटै पक्षहरूले स्थानीय चुनावमा स्वयम् पाँच दलभित्रका अन्य कतिपय पक्षहरूलाई हराउनका लागि एमालेसित गठबन्धन गरेका कैयौँ उदाहरणहरू पाइएका छन् ।
स्थानीय तहमा देखा पर्ने त्यस प्रकारका प्रवृत्तिहरूमाथि नियन्त्रण गर्न सम्बन्धित दलको नेतृत्व असमर्थ भयो वा अप्रत्यक्ष रूपमा एमालेसितको त्यस प्रकारको सम्झौतापरस्त नीतिप्रति उनीहरूको समर्थन पनि रह्यो । त्यसरी उनीहरूमा आवश्यक इमान्दारिता र विश्वसनीयताको अभाव रह्यो ।
खालि अहिलेको स्थानीय चुनाव र आगामी प्रदेश र संसदीय चुनावको सन्दर्भमा मात्र होइन, राजनीतिक पार्टीहरूमा नीतिगत, इमानदारी र विश्वसनीयताको कमीको कारणले राजनीतिक पार्टीहरूमाथिको जनताको विश्वास कम भएर जाने र लोकतन्त्रको आधार नै समाप्त हुने सम्भावना रहनेछ । त्यो अवस्थामा गैरदलीय प्रवृत्तिहरूलाई बल पुग्ने र देश प्रतिगमनतिर जाने सम्भावना पनि रहनेछ । अहिलेको स्थानीय चुनावमा राजमो बाहेक पाँच दलका अन्य पक्षहरूमा नीतिगत इमानदारी र विश्वसनीयताको जुन खडेरी देखा पर्यो, त्यसले देशमा नीतिगत इमानदारी र विश्वसनीयताको गम्भीर संकटतर्फ संकेत गर्दछ ।
खाली चुनावी दृष्टिकोणले मात्र होइन, देशको सम्पूर्ण राजनीतिक भविष्य समेतमाथि ध्यान दिँदै सम्बन्धित राजनीतिक पार्टीहरूले त्यसबारे गम्भीर ध्यान दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । अहिले राजधानीसहित देशका कतिपय स्थानहरूमा गैरदलीय व्यक्तिहरूले प्राप्त गरेको चुनावी सफलताले देशमा गम्भीर संकटको संकेत दिन्छ । पञ्चायती कालमा नानीमैया र गोल्छे सार्कीले राजधानीमा प्राप्त गरेका सफलता पनि यस सन्दर्भमा उल्लेखनीय छ । त्यसको सकारात्मक महत्व यो कुरामा थियो कि उनीहरूले प्राप्त गरेको मतले निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाप्रतिको जनआक्रोशलाई प्रतिनिधित्व गर्दथ्यो । अहिले राजधानीसहित देशका विभिन्न भागहरूमा स्वतन्त्र व्यक्तिहरूले प्राप्त गरेको समर्थनले देशमा कायम भएको दलीय व्यवस्था, लोकतन्त्र वा गणतन्त्रप्रतिको जनताको असन्तोषलाई नै व्यक्त गर्दछ ।
यस प्रकारको स्थिति उत्पन्न हुनुको पछाडि ती राजनीतिक पार्टीहरू नै जिम्मेवारी छन्, जसमा नीतिगत, इमानदारी र विश्वसनीयताको कमी रहने गरेको छ । त्यसकारण यो प्रश्नलाई हल्का रूपमा नलिएर गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । स्थानीय चुनावका बेलामा सबै प्रदेश, जिल्ला वा पालिकाहरूमा त्यहाँ भएका पाँच दलभित्रका सबै पक्षहरूका बीचमा वार्ता गरेर तालमेलको नीति निश्चित गर्ने काम गरिएन । विभिन्न राजनीतिक पार्टीहरूको जनआधार र संगठनात्मक अवस्थामाथि विचार गरेर सिटको विभाजन कमवेशी गर्न सकिन्थ्यो तर कतिपय पक्षहरूलाई वार्तामा नै सामेल नगर्नु अत्यन्त गलत दृष्टिकोण हो । त्यसले पाँच दलका बीचको एकता र परस्परको विश्वासलाई कम गर्ने काम गरेको छ ।
त्यसका कैयौँ नकारात्मक परिणामहरू हुन सक्दछन्् । कतिपय स्थानहरूमा दुई पक्षीय वा तीन पक्षीय वार्ता मात्र गरेर कतिपय पक्षहरूलाई वार्ताबाट पूरै अलग राख्ने काम गरियो । त्यसले गर्दा पाँच दलहरूका बीचमा नै अविश्वास र असन्तोषको वातावरणसमेत पैदा हुने गरेको छ । त्यसबाट प्रतिगमनलाई नै फाइदा पुग्नेछ । त्यसकारण स्थानीय चुनावको बेलाको त्यस प्रकारको नीतिको समीक्षा गरेर आगामी दिनहरूमा त्यसलाई सुधार्नेतर्फ ध्यान दिनुपर्ने आवश्यक छ ।
कतिपय पालिका वा वडाहरूमा पाँच दलभित्रका कतिपय पक्षहरूका बीचमा सहमति भएर खडा गरिएका उम्मेदवारहरूलाई मतदान गर्दा पनि अन्तरघात गरिएका केही उदाहरणहरू पाइएका छन् । त्यसले पनि विभिन्न राजनीतिक पार्टीको चरित्रमा भएको इमानदारी र विश्वसनीयताको कमीलाई बताउँछ । त्यसले गर्दा कतिपय स्थानमा सहमति भएका उम्मेद्वारहरू मध्ये एउटाले जित्ने र अर्कोले हार्ने समेत भएको छ । पाँच दलभित्रको त्यस प्रकारको अन्तरघातको प्रवृत्तिमा सुधार गर्नु आवश्यक छ । यस प्रकारका अन्तरघातहरूको समिक्षा गरेर सम्बन्धित सबै पार्टीहरूले केन्द्रीय स्तरमा नै ध्यान दिनु आवश्यक छ ।
जस्तो कि माथि भनियो पाँच दलीय गठबन्धनमा एमालेसित कतै पनि गठबन्धन नगर्ने स्पष्ट समझ्दारी बनेको थियो । राजमोले त्यो समझ्दारीलाई दृढतापूर्वक पालन गर्यो । कतिपय पालिकाहरूमा एमालेले राजमोसित चुनावी तालमेल गर्नको लागि गरेको प्रस्तावलाई पनि राजमोले दृढतापूर्वक अस्वीकार गर्यो । प्यूठानको गौमुखी त्यसको एउटा प्रतिनिधिमूलक उदाहरण हो । त्यही प्रकारले हामीले कैयौँ स्थानहरूमा एमालेसित तालमेलको प्रस्तावलाई अस्वीकार गरेका थियौँ । तर अन्य कतिपय पक्षहरूले पाँच दलका बीचमा भएको समझदारीका विपरीत एमालेसँग तालमेल गरेर चुनाव लड्ने काम गरे ।
प्युठानको झिम्रुकमा माओवादी केन्द्रले एमालेसित तालमेल गरेर मसालका विरुद्ध चुनाव लडेको थियो । राजमोले गठबन्धनको बैठकमा पनि त्यो कुरा उठाएको थियो । तर एमाले र माओवादीका बीचको तालमेललाई रोक्नका लागि माओवादी केन्द्रले कुनै कदम उठाएन । माओवादी केन्द्रको लुम्बिनी प्रदेश कार्यालयले एउटा पत्र पठाएर झिम्रुकमा माओवादीले एमालेसित गरेको तालमेल उनीहरूको पार्टीको लाइनको विरुद्ध भएको बताएर त्यो तालमेलबारे सचेत गराएको थियो र त्यस प्रकारको तालमेललाई बन्द नगरिएमा कारवाही गर्ने समेत उल्लेख गरेको थियो । तर त्यस प्रकारको एउटा सामान्य पत्र पठाउनु बाहेक लुम्बिनी प्रदेशले पनि झिम्रुकमा माओवादीले एमालेसित गरेको तालमेलको लागि कुनै कारवाही गरेन ।
त्यसबाट माओवादी केन्द्र र त्यसको प्रदेश कार्यालयको समेत त्यस प्रकारको तालमेलप्रति अघोषित रुपमा समर्थन भएको नै देखिन्छ । झिमु्रकको त्यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । देशका अन्य कतिपय पालिकाहरूमा पनि पाँच दलभित्रका अन्य पक्षहरूले ठाउँठाउँमा त्यसरी स्वयं आफ्नै घोषित नीतिका विरुद्ध एमालेसित तालमेल गरेको पाइन्छ । त्यसप्रकारको ढुलमुल र अवसरवादी नीतिद्वारा तात्कालिक रूपमा केही फाइदा पुगे पनि दीर्घकालीन रूपमा त्यसप्रकारको नीतिबाट जनताको सम्बन्धित पार्टीप्रति विश्वास कम हुने र त्यसरी त्यसप्रकारको नीतिबाट सम्पूर्ण देशको राजनीतिलाई पनि गम्भीर क्षति पुग्ने कुरा प्रष्ट छ । त्यसप्रकारको कार्यशैलीमा सुधार गरेर नै आगामी प्रदेश र संसदीय चुनावमा प्रतिगमनमाथि निर्णयात्मक रूपले विजय प्राप्त गर्नु र देशको राजनीतिलाई सही दिशामा लैजानु सम्भव हुनेछ ।
सौर्य अनलाइनबाट
