Loading

काठमाडौं/नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। त्यसपछि बसेको प्रतिनिधि सभाको बैठकले धन्यवाद प्रस्ताव पारित गरेको हो।
नीति तथा कार्यक्रममाथि छलफल र सरकारको तर्फबाट जवाफ दिनका लागि जेठ १२ र १३ गतेका लागि समय तोकिएको छ।