![]()
टीकापुर/नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र संघीय क्षेत्र नंबर १ कैलालीको वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम टिकापुरका शनिबार सम्पन्न भएको छ ।
टिकापुर योग आश्रमको हलमा आयोजित उक्त निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षणम कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कमाण्ड ईन्चार्ज कमरेड नेप बहादुर चौधरी रहेका थिए । उनले कार्यकर्तालाई प्रशिक्षण दिंदै आगामी स्थानीय निर्वाचनमा कुशलता र इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्दै नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई विजयी गराउन निर्देशन दिए ।

कार्यक्रमका अतिथि केन्द्रीय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज कमरेड हरि ज्ञावाली अखण्ड, केन्द्रीय सदस्यहरु रुपा चौधरी, तिलक परियार, विमला सिंह, जिल्ला संयोजक लाजुराम चौधरीले मन्तब्य सहित कार्यकर्तालाई प्रशिक्षित दिएका थिए । कार्यक्रममा प्रदेश सदस्यहरु ललित थापा, नन्दराम विश्वकर्मा, फिरुलाल चौधरी, बालकृष्ण चौधरी, ओजारिलाल चौधरी, जेष्ठ कम्युनिस्ट मंञ्चबाट जित बहादुर आउजी, सल्लाहकार रामबहादुर रावल र अंगानु चौधरी अतिथि रहेका थिए ।
कार्यक्रममा नगर समिति, वडा समिति सदस्यसम्म र टोल संयोजक (सचिव, सेल सचिव, जनवर्गिय संगठनका वडा पदाधिकारी सहितको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथि सम्मान ज्ञानु कुँवर र कमला कोईरालाले गरेका थिए। शहीदहरु प्रति १ मिनेट मौन धारणबाट सुरु भएको कार्यक्रममा जोशीपुर गाउँ समिति अध्यक्ष दिर्घबहादुर विनाडी, जान ी गाउँ कमिटी अध्यक्ष ज्ञानु कुँवर र टिकापुर नगर सचिव खुशिराम चौधरीले स्थानीय तहको रिपोर्ट राखेका थिए । कार्यक्रम सुदुरपश्चिम प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नं १ का संयोजक सुरेन्द्र देवकरको अध्यक्षता र प्रदेश सदस्य तारा संज्यालद्वारा संचालन गरेका थिए । सहभागीहरुलाई ओजारीलाल चौधरलिे स्वागत मन्तव्य गर्दै स्वागत गरेका थिए ।
