![]()
नेकपा माओवादी केन्द्र टीकापुर नगर समितिले जनयुद्ध दिवसको अवसरमा तीन वडामा पार्टी कार्यालय उद्घाटन गरेको छ ।
पार्टी केन्द्रीइ सदस्य नेपबहादुर चौधरीले २७ औं जनयुद्ध दिवसको अवसरमा वडा नं ६, ७ र ८ मा पार्टी कार्यालय उद्घाटन गरेका हुन् । वडा नं ६ को नारायणपुर चौराहमा, वडा नं ७ को सत्ति बजारमा र वडा नं ८ को बटनपुरमा पार्टीकार्यालयको छुट्टाछुट्टै कार्यक्रमका वीच उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रुपा तथा कैलाली जिल्ला इन्चार्ज चौधरी, केन्द्रीय सदस्य तिलक परियार, पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य दुर्गाप्रसाद भण्डारी, प्रदेश सदस्यहरु शिव थापा, सुरेन्द्र देवकर, तारा सञ्ज्याल, सरुस्वती शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सहीद परिवारका सदस्यहरुलाई दोसल्ल ओढाएर सम्मान गरिएको थियो ।
यसैवीच साँझ टीकापुरस्थित खडक चोकमा अखिल क्रान्तिकारीले मैनबत्ति बालेर द्वीप प्रज्ज्वलन गरेको थियो । उक्त कार्यक्रमलाई शिक्ष संगठनका केन्द्रीइ उपाध्यक्ष चेतना रेग्मी र नगर कमिटी अध्यक्ष खडक शाहले सम्वोधन गरेका थिए ।
