Loading

भजनी/इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सुरक्ष्क्षकर्मीको एक टोलीले बेवारिसे अवस्थामा रहेको दुईलाख मुल्य बराबरको चिनी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउँदका अनुसार मंगलबार बिहान ५ बजे इप्रकाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भजनी २ गौनियाँबाट बेवारिसे अवस्थामा रहेको सो मुल्य बराबरको ३२ क्वीन्टल चिनी बरामद गरेको हो ।
बरामद गरिएको चिनी आवश्यक कानुनी कार्वाहीका लागि सत्ति भन्सार पठाइएको कायालय प्रमुख साउँदले बताए । बजारको भाउ अनुसार बरामद चिनी करिब दुई लाख बराबरको रहेको छ । सीमा क्षेत्रबाट करिब २ किलोमिटरको दुरीमा शसस्त्र प्रहरीको बिओपी भएपनि चोरी तस्करी नियन्त्रण नभएको स्थानीयले आरोप लगाएका छन् ।
पछिल्लो केही महिना यता टीकापुर र भजनीका विभिन्न क्षेत्रबाट तस्करी हुने गरेको स्थानीयहरु बताउँछन् ।