![]()
दुर्गाप्रसाद भण्डारी
सायद २०२८ सालतिर गठन भएको टीकापुर विकास समितिले आजको टीकापुरको परिकल्पना यसरी नै गरेको थिएन होला । कैलाली जिल्लाको पूर्वी भेगमा, कर्णाली नदीको किनार नजिकमा एउटा ब्यवस्थित सुन्दर नगरको परिकल्पनाका साथ प्रारुप तयार गरिएको यस नगरले यस्का संस्थापक खड्गबहादुर सिंहको अवसानसँगै अनेक अरोह र अवरोहहरु पार ग¥यो र आजको दिनसम्म आइपुग्यो ।
टीकापुर नगर सानै भएपनि २०४६ सम्म निकै आर्कषक नै मानिन्थ्यो । त्यस्कै कारण यो अवस्था २०५० सम्म पनि रह्यो । त्यतिबेला यस्को प्रारुपकै कारण देशका विभिन्न स्थानबाट टीकापुरमा आउने मानिसहरु निकै रुचीका साथ आउने गर्दथे । तर पछि यहाँ आउने मानिसहरुमा त्यति धेरै रुची रहेन । महाकाली नदी किनारबाट नजिकै रहेको महेन्द्रनगरमा बढी केन्द्रित भएपनि टीकापुरमा बाहिरबाट आउनेहरुको कमि नै हुन गयो । बरु भएकाहरु पनि टीकापुरबाट बाहिरिन थाले । केही मात्रामा सुदूरपश्चिमका केही पहाडी जिल्ला र कर्णाली प्रदेशका केही पहाडी जिल्लाबाट आउनेहरुमा मात्र सिमीत रहन पुग्यो । यस्तै ती पहाडी जिल्लाबाट प्रवासमा छिममेकी मुलुक भारततिर रहेकाहरु पनि टीकापुर भनेपछि हुरुक्कै हुन्थे तर अहिले त्यो स्थिति पनि छैन ।
तर, पछिल्लो दिनमा स्थानीय निकायबाट स्थानीय तहमा रुपान्तरण गरिएपछि जनताका अधिकांश सेवा वडा र स्थानीय पालिकाहरुबाटै पाउन थालेपछि टीकापुर आउनेको क्रम घट्दो छ । २०५० को दशकमा शुरु योजना बनाएर शुरु भएको कोहलपुर टीकापुरभन्दा दशगुणा अघि बढेको छ । नजिकैको छिमेकी स्थानीय तह लम्कीचुहा नगरपालिका टीकापुरभन्दा अघि बढ्दैछ । २०४५ सालपछि स्थापना भएको लम्कीको बजार क्षेत्र अहिले टीकापुरभन्दा बढी अर्थििक कारोबार गर्छ तर टीकापुर पछ परेको प¥यै छ । अझ टीकापुरका भुरेटाकुरे नेताहरु हामीले यो ग¥यौं ऊ ग¥यौं भनेर गफ दिइरहेका हुन्छन् । नेता नपाएको पनि होइन सुशिला स्वाँर, चन्द्रससिंह भट्टराई र जनकराज चौधरी गरी ३/३ जना राज्यमन्त्री पाएको पाएको टीकापुरले के ग¥यो यस्को समिक्षा हुन जरुरी छ । यदि यस्तै अवस्था हुने हो भने आप्mनै वरिपरिका पालिकासँग पनि पछि नपर्ला भन्न सकिदैन ।
ब्यवस्थित नगर टीकापुरका सडक कति फराकिला छन् भने मात्र नक्शा हेरेपनि थाहा हुन्छ । तरपनि यतिबेला सडक सञ्जालमा लम्की चुहाले टीकापुरलाई उछिन्दै छ । यस्तै लम्कीबाट टीकापुर हुँदै खक्रौला जाने सडकलाई नै हेरौं । लम्कीक्षेत्रमा बन्दै गरेको सडकको चौडाई र स्तर अनि टीकापुरमा बन्दै गरेको सडकको स्तर र चौडाई आफै तुलना गर्न सकिन्छ । टीकापुरको कुरुप हुने गरी आउने सडक योजनालाई किन स्वीकार गरिन्छ त ? शहरी विकासलाई दोष दिएर मात्र उम्किने ठाउँ छैन । योजनाको स्तर के छ त्यो कुनै चेकजाँच नै नगरी आँखा चिम्लेर लिइने योजनाले टीकापुरको विकास र सुन्दरता दुबै अझै पछि धकेलेको छ । चिया गफ मारेजस्तो हुँदैन । काठमाण्डामा डेलिगेशनका नाममा पुगेर सेल्फी खिच्दै फेसबुकमा फेटो पोष्ट र स्टाटस लेखेर मात्र हुँदैन । यस्तै प्रवृति टीकापुरको विकासको बाधक बन्दै आएको छ ।
ब्यवस्थित टीकापुरलाई अब्यवस्थित बनेको देख्दा अझैं लाज लागेन भने लाग्ने कहिले हो ? त्यसैले इच्छाशक्ति भएका, इमान्दारिता भएका, निस्वार्थी र असल चरित्र भएका मान्छेको यहाँको राजनीति राजनैतिक नेतृत्व र आगामी निर्वाचनमा नेतृत्व गर्न सकेन भने आगामी २० औं वर्षसम्म पनि यहाँ बन्नेवाला केही छैन । त्यसकारण टीकापुरमै बस्ने, यस नगरको माया भएकाहरु, यहाँका सबै दलका नेताहरु, संघ–संस्था, ब्यापारी, नागरिक अगुवा, शिक्षक तथा बुद्धिजिवीहरु जाग्न र नयाँ जोश तथा सोचका साथ लाग्न जरुरी छ ।
