![]()
काठमाडौं/नेकपा (एमाले)ले १८ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ।
शुक्रबारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १८ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यता, नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्।
को कहाँ निर्वाचित भए त
झापा : दीपक कार्की
पाल्पा : धनेन्द्रराज घिमिरे
दाङ : हुकुमबहादुर बस्नेत
डोल्पा : शेरबहादुर बुढा
सल्यान : गोविन्द पुन
बर्दिया : लालबहादुर श्रेष्ठ
बॉके : किस्मतकुमार कक्षपति
धादिङ : भूमि त्रिपाठी
अर्घाखाची : पीताम्बर भुसाल
मोरङ : ऋषिकेश पोखरेल
काभ्रे : अशोक ब्याञ्जु
मजदुर विशेष : जितेन्द्र श्रेष्ठ
भक्तपुर : बचन देउजा
गुल्मी : बालसिंह काउछा
पेशागत विशेष : उमेश ढकाल
खोटाङ : रामप्रसाद दंगाल
सप्तरी : ताराकान्त चौधरी
बैतडी : सुरेन्द्र पाल
