![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ ।
एकीकृत समाजवादीले जारी गरेको प्रेस विज्ञप्ति उनीहरूबीच भोलि शुक्रबार दिउँसो १ बजे पार्टी एकता कार्यक्रम हुने भएको हो । एकता कार्यक्रम काठमाडौंको होटल अर्यालमा हुने भएको छ ।
यसअघि गत पुस १३ गते नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको थियो । एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृतसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार एकीकरण भएको हो ।
