Loading

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बिच एकता भएको छ।

आज राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्। 

नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले आउने दिनमा थप कम्युनिष्ट पार्टीसँग एकता हुने जनाएको छ।