Loading

टीकापुर । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका पदको लागि उम्मेद्वार भएका पाँच जनामा कसैले पनि मतगणना हुँदा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।

आज बिहान ४ बजेबाट सभापतिका प्रत्यासीहरुको मतगणना शुरु भएको थियो ।

खसेको कुल ४ हजार ६ सय ८१ मतमा गणना हुँदा सभापतिका उमेद्वार शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत र उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । यस्तै अन्य उम्मेद्वारहरुमा प्रकाशमान सिंहले ३ सय ७१, बिमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुंगले २० मत प्राप्त गरेका छन् । खसेको कुल मतमा ७७ मत बदर भएका थिए ।

नेपाली कांग्रेसको विधानमा रहेको निर्वाचन सम्बन्धी ब्यवस्थामा सभापतिका लागि बहुमत ल्याउनै पर्ने हुन्छ । कुनैपनि उम्मेदारले पहिलो चरणको मतदानबाट बहुमत ल्याउन नसके अग्रपंक्तिमा रहेका दुई उम्मेदारहरु वीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था रहेको छ ।  यो व्यवस्था वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म नै गरिएको छ । तर अन्य पदाधिकारीहरु र सदस्यहरुका लागि भने प्राप्त मतको आधारमा पहिलो हुने नै विजयी हुने व्यवस्था गरिएको छ ।
त्यसैले आसन्न महाधिवेशनमा देउवा ८२ मतले बहुमतभन्दा पछि परेका छन् । अब शेर बहादुर देउवा र शेखर कोइराला वीच दोस्रो चरणको प्रतिस्पर्धा हुने जनाइएको छ ।