![]()
टीकापुर । कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले कसैलाई भोट नहाल्ने भएका छन् । आज बिहान ८ बजेदेखि भृकुटीमण्डपस्थित नेतृत्व चयनको लागि हुन लागेको मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।
यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए । आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि प्रतिस्पर्धाबाट आफू अलग रहेको पौडेलले घोषणा गरेका थिए ।
राजनीतिक विश्लेषकले पौडेलले यसअघि २०५९ मा पार्टी विभाजन भएको बेला तत्कालीन प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई पार्टी विभाजन गर्न उक्साएर सभापति बन्ने दाएँमा रहेका पौडेलले त्यसैको परिणाम भोग्नु परेको बताएका छन् । पौडेलले त्यतिबेला आपूm पार्टी सभापति बन्ने दाउँमा पार्टी विभाजन गराएका थिए । तर विभाजनका लागि छुट्टै भेला आयोजना भइरहेको बेला उनी एक्कासी गिरिजाप्रसाद कोइरालाको टिममा रहेका केही प्रभावशाली नेताहरुलाई ल्याएर आउँछु भन्दै गएर फर्किएका थिएनन् ।
उनकै योजनामा देउवा, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, विजय गच्छदार, पूर्णबहादुर खड्का, विमलेन्द्र निधिजस्ता नेताहरुलाई किनारमा लगाएर आपूm पार्टी सभापति बन्ने योजना बनाएको आरोप लाग्दै आएको थियो । छलछामको राजनीति गर्दै आएका पौडेलले केही समय फाइदा लिन सफल भएपनि पछिल्ल दिनहरुमा भने गिरिजा र देउवा दुवै समूहबाट किनारा लाग्दै गएका हुन् । दोस्रो बरियतामा रहेका भएपनि शुसील कोइरालालाई गिरिजाले अगाडि बढाएपछि उनी तेस्रो स्थानमा झरेका थिए भने सुशील कोइरालाको निधनसँगै पार्टीको कार्यबाहक अध्यक्ष हुनुपर्नेमा उनी फेरिपनि दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भए ।
संसदको सभामुख भइसकेका उनी पछिल्लोपटक गिरिजा सरकारमा मन्त्री बनेर निकै आलोचित भएका थ्एि । सरकार र पार्टीमा पहिलो स्थानमा नपुगेरै पाडेलको राजनीतक अवसान भएको छ । उनी आगामी दिनमा राष्टपतिको उम्मेदार हुन सक्छन् तर पार्टी सभापति वा प्रधानमन्त्री बन्न सक्ने अवस्था भने सहज देखिदैन ।
त्यसैले पनि राजनीतिक पीडा बाँडेर अलि पीडा कम हुने उद्देश्यले उनले विज्ञप्ति निकालेको विश्लेषकहरुले बताएका छन् । पछिल्लो पटक शेखर समूहलाई आफ्नो आधिकारिक प्यानल बताएका पौडेल एकाएक भोट नहाल्ने विज्ञप्ति निकाल्नुले अर्थपूर्ण रुपमा पनि केही विश्लेषकहरुले हेरेका छन् । उनीहरुले हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले घरमै गएर पौडेललाई सक्रिय राजनीतबाट विदा नलिन गरेको आग्रहमा पौडेलले कुनै शर्त राखेको हुनसकने पनि आँकलन गरिएको छ ।
आगामी प्रधानमन्त्री वा राष्टपति बनाइनि आग्रह गरेको र देउवाले सहमति जनाएको हुनसक्ने पनि बताइएको छ । देउवाकै खेमामा रहेका विमलेन्द्र निधिले देउवालाई सभापतिमा जसरी पनि हराउने र प्रधानमन्त्रीबाट पनि हराउने बताइरहेका बेला शेखर कोइराला बलियो बन्नेर जित्ने र शेखर वा शसांक प्रधानमन्त्री बन्ने भएकोले पनि जुनियरहरुलाइृ अगाडि बढ्न नदिने योजनाका साथ उनले देउवालाई नै सर्मथन हुने गरी विज्ञप्ति जारी गरेको हनुसक्ने पनि बताइएको छ ।
