Loading

टीकापुर, २२ मंसिर /नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा टीकापुर नगरपालिका र देवकोटा साहित्य कला परिवार टीकापुरको सहयोगमा आज टीकापुरमा प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदशर्नी तथा प्रशिक्षणको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा टीकापुर स्थित विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । उद्घाटन सत्रमा नगर प्रमुख रावल, प्रतिष्ठानका कुलपति माननीय कान्छा कुमार कर्माचार्य, प्राज्ञ बुद्दिबहादुर तामागं, जीतबहादुर आउजी, बलबहादुर रावल, बालकसष्ण खनाल गलायतले शुभकामना ब्यक्त गरेका थिए ।

उद्घाटन सत्रपछि चित्रकला सम्बन्धी प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षयमा सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको टीकापुरका लागि यो पहिलो कार्यक्रम हो । सुदूरपश्चिममा टीकापुरमा नै यो कार्यक्रम आयोजना गरिएको बताइएको थियो ।
शिल्पकला यात्रा नामक यस कार्यक्रममा नेपाली परम्परागत थांका तथा पौभा चित्रकलाका प्रसिद्ध दिवंगत अग्रज रवर्तमानका चर्चित कलाकारहरुको सामूहिक चित्रकला प्रदर्शनी तथा गोष्ठी गरिएको थियो ।