![]()
कैलाली । नेकपा (माओवादी केन्द्र)ले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीका लागि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ ।
बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक एजेन्डाका विषयमा समेत छलफल हुने ती नेताले बताए । यस्तै, बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताइएको छ । माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ ।
माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । यस्तै सुदूरपश्चिम प्रदेशमा पनिा पार्टी सह इन्चार्ज बिना मगरको अध्यक्षतामा प्रदेश प्रचार विभागको बैठक बसेको छ । बैठकले यही पुस २५ गते प्रदेश राजधानी धनगढीमा हुने प्रदेश सममेलन सम्बन्धी छलफल गरेको थियो । छलफलले सम्मेलन सफल पार्न ब्यापक प्रचार प्रसार गरिने बताइएको छ ।
