Loading

काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
अनुशासन कायम नभए पार्टी नबन्ने भन्दै ओलीले पार्टीमा अनुशासन कायम राख्नका लागि अनुशासन आयोगले ध्यान दिनुपर्ने बताए। अध्यक्षको प्रतिस्पर्धामा ओलीसँग पराजित भएका नेता भीम रावलले केन्द्रीय सदस्यको रुपमा शपथ लिन अस्वीकार गरेका थिए।
केन्द्रीय सदस्यको शपथ अस्वीकार गरेका रावलप्रति संकेत गर्दै ओलीले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने निर्देशन दिएका हुन्। ुपार्टीमा अनुशासन कायम गर्नका लागि, अनुशासनमा राख्न आगोगले ध्यान देओस्, जोसुकै भए पनि अनुशासन उल्लंघन भएमा कारबाही गर्नेतर्फ जानुपर्छ। अनुशासन भएन भने त्यो पार्टी बन्दैन,ु ओलीले भने।

सदस्यमा मेरो उम्मेदवारी छैन
ञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेद्वार भीम रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको बताए। उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए।
उनले भने, ‘म सदस्यको उम्मेद्वार होइन, यसले मतदाता प्रतिनिधिलाई समस्या पर्छ।’ यसअघि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गरेको सूचीमा अध्यक्षका प्रत्यासी रावललाई केन्द्रीय सदस्यमा राखेका थिए।

रावलले विद्युतीय भोटिङ मेसिनमा केही असहजता देखिएको भन्दै असन्तुष्टि जनाए।