Loading

टीकापुर, नेकपा माओवादी केन्द्र टीकापुर नगर सििमतिको प्रथम नगर सम्मेलनले पुनः खडक बहादुर शाहको नेतृत्वमा ६५ सदस्यीय टीकापुर नगर समिति चयन गरेको छ ।
यसअघि सम्मेलनले विधान अनुरुप ५८ जना निर्वाचित र १० जना मनोनित गरी ६५ जना निर्वाचित गरेको थियो ।
नगरसमितिको सोमबार बसेको पहिलो बैठकले अध्यक्षमा खडक बहादुर शाह ‘संघर्ष’, वरिष्ठ उपाध्यक्षा दीर्घ बहादुर ठकुल्ला, उपाध्यक्षमा गोपीराम जैसी, महिला उपाध्यक्षमा कमला कोइराला, सचिव खुशीराम थारु ‘आमुल’, सहसचिव राजेश विश्वकर्मा र कोषाध्यक्ष बिमला बटाला (थापा)लाई सर्वसम्मतिले चयन गरेको हो ।
निर्वाचित नगर समितिलाई नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य हरिलाल ज्ञवाली ‘अखण्ड’ले सपथग्रहण गराएका थिए ।