Loading

कैलाली २१ असोज । नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नु भएका भानुभक्त जोशीलाई नेकपा एसको स्थायी कमिटी सदस्य बनाइने भएको छ ।

नेकपा एसका नेता डा.गंगाधर तुलाधरले एमाले परित्याग गरी पार्टी प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्य बनाउन लागिएको बताए । जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएर आजै नेकपा एसमा प्रवेश गरेका थिए । उनले एमालेमा दश बुँदै समझादारी कायान्वय गर्ने छाँट नदेखेपछि आफू नेकपा एसमा प्रवेश गरेको बताए ।

पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा प्रवेश गरेका जोशी सबैभन्दा प्रभावशाली नेता हुन् । बिहीबार नै जोशीले नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन्। नेकपा एसमा प्रवेश गर्नुभएको जोशीले एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएको जानकारी दिएका थिए । विसं.२०५१ सालको निर्वाचनमा बझांग क्षेत्र नम्बर १ बाट जोशी प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएका थिए ।

त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उहाँ संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले यसअघि वनमन्त्री समेतको जिम्मेवारी सम्हालिसकेका छन् ।