Loading

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा विष्णप्रसाद सुवेदी (गुल्मी) लाई नियुक्त गरेको छ ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले रिक्त रहेको गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए ।

‘विष्णुप्रसाद सुवेदी कुल्मीलाई गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने’ उनले भने । त्यस्तै सोमबारको बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्ने स्वीकृती गर्ने लगायत अन्य ७ निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय

  • समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने ।
  • वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।
  • नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
  • रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने ।
  • तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।
  • शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने ।