Loading

काठमाडौं । नेकपा एमालेकी वाग्मती प्रदेशसभा सदस्य मिना ज्ञवाली नेपालले (नेकपा) एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।

उनले आज निर्वाचन कार्यालय पुगेर सनाखत गरेको सांसद वसन्तप्रसाद मानन्धरले जानकारी दिए । यसअघि वाग्मतीका १२ सांसदले (एकीकृत समाजवादी) मा सनाखत गरिसकेका छन् । ज्ञवालीसँगै वाग्मतीका १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

त्यस्तै काठमाडौं जिल्लाका स्थानीयतहका ३५ जनप्रतिनिधिले पनि (एकीकृत समाजवादी)मा सनाखत गरेको उनले बताए । तार्केश्वर नगरपालिका र शंकारापुर नगरापालिकाका उपप्रमुखसहित ३५ जनाले सनाखत गरेको उनले बताए । सनाखत गर्ने जनप्रनिधिहरूको संख्या बढ्ने उनको भनाइ छ ।