![]()
काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभइ चोइटो उछिट्टिएको बताएका छन् ।
एमाले विभाजित भएको भोलिपल्ट प्रतिक्रिया दिँदै ओलीले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’ न्यूज एजेन्सीसँगको कुराकानीमा ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा नभएको बताए । यस्तै ओलीले बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरे।
उनले भने, ‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन्। यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ। बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ। बलका अघि कुनै बन्धनको केही लाग्दैन। नेपाललाई छुटाउने गरीको तागत लागेपछि उनको केही नलागेर फुटाएका हुन्।’
