![]()
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार अबेर बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेका हुन् । पौडेलले दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी थिइन् । बहुमत प्राप्त दलको नेता शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् । बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो । एमाले विभाजन भएसँगै बागमती प्रदेशमा विभाजनको असर कम गर्ने उद्देश्यले एमालेले सरकारको नेतृत्व परिवर्तन गरेको हो ।
