![]()
कसले कति जिते पदक ?
टोक्योमा जारी गृष्मकालीन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ ।
यो समाचार तयार पार्दासम्म तालिकामा शीर्ष स्थानमा रहेको चीनले चीनले १५ स्वर्ण, ७ रजत र ९ कास्य गरी कुल ३१ पदक जितेको छ। अहिलेसम्म कुल ११६ स्वर्णको टुंगो लाग्दा आयोजक जापानले १५ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २५ पदक जित्दै दोस्रो स्थानमा छ।
यस्तै, तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण, १४ रजत र १० कास्य गरी कुल ३८ पदक जित्दा चौथो स्थानमा रहेको रसियन ओलम्पिक कमिटीले ८ स्वर्ण, ११ रजत र ९ कास्य गरी कुल ३८ पदक जितेको छ । पाँचौं स्थानमा रहेको अस्ट्रेलियाले ८ स्वर्ण, २ रजत र १० कास्य गरी कुल २० पदक जितेको छ। ५ स्वर्ण, ७ रजत र ६ कास्य गरी कुल १८ पदक जितेको ग्रेट ब्रिटेन छैठौं स्थानमा छ ।
४ स्वर्ण, ३ रजत र ५ कास्य सहित कुल १२ पदक जितेको दक्षिण कोरिया सातौं स्थानमा छ। आठौं स्थानमा रहेको फ्रान्सले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल ११ पदक जित्दा नवौं स्थानमा रहेको जर्मनीले ३ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल १३ र दशौं स्थानको इटालीले २ स्वर्ण, ७ रजत र १० कास्य गरी कुल १९ पदक जितेको छ।


