Loading

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोप नेपालमा ल्याइने क्रम जारी छ । अहिलेसम्म कोरोना संक्रमणबाट बँच्न एक मात्र उपाय भनेको खोपलाई लिइएको छ ।

यसबीच नेपालमा प्राथमिकता मिचेर पहुँचका आधारमा कोभिड खोप लगाइएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । कतिपय केन्द्रमा खोप वितरणमा विवाद भएको, दिनभर बस्दा पनि ज्येष्ठ नागरिक, सर्वसाधारणले खोप नपाएको र लक्षितभन्दा अन्य वर्गले खोप पाइरहेको भन्दै त्यसलाई रोक्न माग उठ्दै आएको छ ।

यस्तै झापास्थित विर्तामोडको एक होटलमा लुकाएर राखिएको अवस्थामा कोरोनाविरुद्धको खोप भेटिएको छ । बिर्तामोड नगरपालिका स्वास्थ्य साखाका प्रमुख ओम खड्काले खोप होटलमा लगेर लुकाएको अवस्थामा फेला परेको हो । प्रहरीसहित युवाहरुको टोलीले उक्त खोप नियन्त्रणमा लिएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

भिडियो सार्वजनिक गर्दै युवाहरुले स्वास्थ्य प्रमुख खड्काले नै विर्तामोडमा रहेको (टाइमलेस मोमेन्ट) भन्ने होटलमा कार्यालयकै गाडीमा आएर उक्त खोप लुकाएर राखिएको अवस्थामा फेला पारेको बताएको छ । उक्त भिडियो सार्वजनिक गर्दै युवाहरुले सत्य छानविन गरी कारबाहिसहित जुत्ताको माला लगाएर बिर्तामोड बजार घुमाउन समेत माग गरेका छन् ।

सर्वसाधरणले खोप पाउन नसकिरहेको अवस्थामा यसरी खोप होटलतिर लुकाएर राखिएको भेटेपछि आक्रोसित हुँदै युवाहरुले छानविन गर्न सम्बन्धित निकायलाई माग गरेको छ ।