Loading

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। यसअघि भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुखमा धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् । उनीहरूलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा भण्डारीले नियुक्त गरेकी थिइन् ।  

 

त्यस्तै राष्ट्रपति भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । भण्डारीले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ ।