Loading

नयाँ दिल्ली: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ।

सोमबार भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो। पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १२६ रन बनायो। 

कोलकाताका लागि कप्तान इयान  मोर्गनले सर्वाधिक ४७ रन बनाए। त्यस्तै राहुल त्रिपाठप्ले ४१ रन बनाउँदा दिनेश कार्तिकले १२ रन बनाए।​ बलिङतर्फ पन्जाबका लागि मार्कुस स्टोइनिस, मोहम्द सामी, अर्शदिप सिंह र दीपक हुड्डाले समान एक–एक विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। पन्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ३१ रन बनाए। त्यस्तै क्रिस जोर्डानले ३० रन बनाउँदा कप्तान केएल राहुलले १९ रनको योगदान गरे। ​

पञ्जाबलाई सस्तैमा समेटन् कोलकाताका प्रशिद्ध कृष्णले सर्वाधिक ३ विकेट लिए। त्यस्तै प्याट कमिन्स र सुनिल नरायनले समान दुई-दुई विकेट लिए।