![]()
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ। शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख गरिएको छ। विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत रहँदै आएका छन्।
हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज बिहानैदेखि निरन्तर औपचारिक वार्तामा बसेका थिए। काठमाडौंकै एक सरकारी भवनमा कडा सुरक्षा घेराबीच वार्ता भएको थियो । वार्ता स्थल गोप्य राखिएको छ। वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको थियो । वार्तामा विप्लव समूहका मागमा छलफल भएको थियो। विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको थियो।
सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो।
भूमिगत रहेको विप्लव समूहका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको हो। सिके राउतसँग जस्तै विप्लव समूहसँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको स्रोतको दाबी छ।
तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए।
यसैवीच पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ २ वर्षपछि भोली (शुक्रबार) सार्वजनिक हुँदै छन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको तीन बुँदे सहमतिपछि विप्लव नेतत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएका हुन् ।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । अब प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् ।
सरकार-विप्लव समुहबीच तीन बुँदे सहमति भएसँगै सो समूहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । विप्लव समूहले यसअघि राज्यले आफ्ना एक हजार बढी नेता कार्यकर्ता नियन्त्रणमा लिएको बताएका थिए । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत छन् ।
सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने, विप्लव समूहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने उल्लेख छ । त्यस्तै सहमतिमा विप्लव नेृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्नेगायत विषयहरु रहेका छन् ।
हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा सरकारले दुई वर्ष अघि फागुन महिनामै प्रतिबन्ध लगाएको थियो ।
यस्तो छ सहमति:

