Loading

काठमाडौं, ५ फागुन । झिल्को डटकमका कार्यकारी सम्पादक फणीन्द्र फुयाल ज्वाला कोरोना संक्रमणविरुद्ध विपद पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको सहकार्यमा एनआरएनए अष्ट्रेलियाको सहयोगमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक सामग्री प्रवाह गरेकोमा पत्रकार फुयाललाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको हो। उनलाई सम्मान पत्रसहित नगद १० हजार रपैयाँ पुरस्कारसमेत प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको २६ औँ अधिवेशनका अवसरमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङ र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा उक्त पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् । पत्रकार फुयाल बिगत १४ वर्षदेखि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् । उनी पत्रकारिता प्राध्यापनसेमत गर्छन् । सो पुरस्कारबाट फुयालसहित ३५ जना पत्रकारहरु सम्मानित तथा पुरस्कृत भए ।