Loading

धनगढी/डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक श्री सुभाषचन्द्र घिमिरे ज्यूले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक श्री सुभाषचन्द्र घिमिरे ज्यूले काठमाण्डौ बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक श्री सर्जुकुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक श्री सुभाषचन्द्र घिमिरेज्यूले गोलभेडा तथा टपरी किनेर क्युआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।