Loading

काठमाडाैं । सरकारले भारतसँग कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ खरिदका लागि स्वीकृति प्रदान गरेको छ । सरकारले प्रति भ्याक्सिन ४ डलरका डरले भ्याक्सिन खरिदका लागि स्वीकृति दिएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० लाख डोज भ्याक्सिन खरिदका लागि स्वीकृति प्रदान गरेसँगै अब खरिद गर्ने बाटो खुलेको छ । यसका लागि सरकारले अग्रिम भुक्तानी दिने निर्णय पनि नगरेको छ ।

यसअघिसिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद्ले निर्णय गरेसँगै खोप खरिद गर्ने बाटो खुला भएको बताए ।

यसअघि भारतले नै नेपाललाई अनुदानमा १० लाख डोज खोप दिएको थियो भने सोही खोप अहिले स्वास्थ्यकर्मीलगायतलाई लगाइएको छ ।