Loading

अछाम/मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी पत्नी स्वास्थ्यकर्मी इन्दुु केसी सोडारीले आप्mनो वैवाहिक वर्षगाँठमा एक क्यान्सर पिडीतलाई आर्थिक सहयोग र अन्य १५ जना बिरामीलाई फलफुल प्रदान गरेका छन् ।


मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ घर भएका सोडारी दम्पतीले वैवाहिक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा सोही नगरपालिकाको वडा नम्बर ७ की क्यान्सर पिडीत सुकी दमाईको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गरेका हुन् । यस्तै जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई पन फलफुल वितरण गरेको सोडारीले बताए ।


आफूले सामाजिक दायित्वलाई बहन गर्नका लागि वैवाहिक वर्षगाँठको अवसर पारेर सहयोग गरेको अधिकृत सोडारीले बताए । दम्पती सहित अस्पाताल पुगेका उनले अस्पतालका बिरामीलाई फलफुल वितरण गर्दै स्वास्थ्य लाभको कामना समेत गरे । सो अवसरमा जिल्ला अस्पताल अछामका प्रमुुख डाक्टरद्वय सोनालीका बनस्कोटा र अतुल भारद्धाज, नर्सिग ईञ्चार्ज गँगा बुढामगर, मंगलसेन नगरपालिकाका कर्मचारी र स्थानीय सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो।


क्यान्सर पिडीत सुकी दमाईको लागि आर्थिक संकलन ग्रहण गर्दै उपचारका लागि आर्थिक संकलन अभियान चलाई रहेका मंगलसेन वडा नम्बर ७ का युवा समाजसेवी नमबहादुर बिष्टले उहाँको उपचारका लागि अभियान जारी रहेकाले हाल काठमाण्डौँको ट्रमा सेन्टरमा उपचार जारी रहेको बताउनु भयो । हरेक क्षेत्रबाट प्राप्त रकम सम्बन्धितको खातामा प्रत्येक दिन जम्मा गर्दै आएको बताउनु भयो ।


आप्mनो वैवाहिक वर्षगाँठ मनाउने तरिका पनि फरक फरक छन् । कसैले साथी भाइहरुसँग पार्टी गरेर मनाउने गरेका छन्भने कसैले घरपरिवारसँग बसेर मनाउने गरेका छन् । तर मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारीले भने आप्नो दम्पती सहित पुगेर विरामीहरुलाई सहयोग गरेर उदाहरणीय काम गरेको वडाध्यक्ष जनक भण्डारीले बताए । भण्डारीले अरुले पनि प्रशासकीय अधिकृत सोडारीबाट शिक्षा लिनुपर्ने बताए ।