Loading

टीकापुर । आप्नो ७० औं जन्मदिनको अवसरमा सन्त निरंकारी सत्सँग भवन टीकापुरका मुखी श्री महादेव भण्डारीले असहाय तथा टुहुरा बालबालिकाका लागि खाद्यान्न सहयोग गरेका छन् ।
शनिबार बिहान टीकापुर नगरपालिका वडा नं २ राजीपुरस्थित मेरी आमा नामक संस्थामा पुगी सो संस्थाकी अध्यक्ष दिव्या प्रयासीलाई सो खाद्यान्न हस्तान्तरण गरेका हुन् । अन्य वर्षहरुमा पनि भोज भण्डारा सहितको सत्सँग कार्यक्रम गर्दै आएका परोपकारी भण्डारीले यसवर्ष भने टुहुरा तथा असहाय बालबालिकाका लागि सहयोग गरेर जन्मदिन मनाएका हुन् ।
अध्यात्मवादी तथा मानवताका पुजारी समेत रहेका भण्डारीले १ क्वीन्टल चामल, २० किलो आलु, ५ लिटर तेल र आधा किलो खुर्सानी गरी ६ हजार ५ सय बराबरको खाद्यान्न सामाग्राी संस्थाकी अध्यक्ष दिव्या प्रयासीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा छोरा प्रकाश, बुहारी लक्ष्मी र भाइ दुर्गाप्रसाद भण्डारी सहित संस्थाको कार्यालयमा आपूm आएको सहयोगी भण्डारीले बताए ।
बुवाको जन्मदिनमा कसैलाई सहयोग गरेर मनाउने भन्ने बुवाको चाहना थियो संयोगले मेरी आमा संस्था नै जुर्न गयो छोरा प्रकाश भण्डारीले भने । अब सामान्य खानपिन गर्दा पनि ५-७ हजार खर्च भइहाल्ने भएकाले यस रकमले त बालबालिकाको सेवा सहयोग हुन पुग्छ भन्ने हेतुले यो कार्य गरिएको बताए । उनले सञ्चारकर्मी अंकल दुर्गाप्रसाद भण्डारीको सहजीकरणमा यो कार्यक्रम तय गरिएको बताए ।
खाद्यान्नको नै अभाव देखिएकाले आपूmले खाद्यान्न सहयोग गरेको भएपनि यो सहयोग सामान्य भएको उनको भनाई छ । उनले एकनजरसँग कुरा गर्दै भने, मेरो सहयोग मेरो प्रचारका लागि भन्दा पनि अरुलाई सहयोगका लागि प्रे्रेरणा दिने माध्यम बनोस् भन्ने चाहना रहेको बताए । उनले आगामी दिनमा पनि जीवन रहुन्जेल यस्तो सहयोग गर्ने अवसर मिल्दै रहोस् भन्ने कामना समेत गरे ।
मेरी आमा मेरो सहारा, बनाउ मलाई चम्किलो तारा भन्ने मूल नाराका साथ बिगत तीनवर्षदेखि परोपकारी संस्था चलाउँदै आएकी प्रयासीले आगामी दिनमा पनि यस्तै सहयोगी मनहरुको सहयोग प्राप्त भइरहेमा बालबालिकाहरुको भविष्य उज्ज्वल पार्न सकिने बताइन् । उनले सहयोगी मन भएका भण्डारीको मुक्त कण्ठले प्रसंसा गर्दै यस्तै मनहरुले गर्दा संस्था आजसम्म चलिरहेको बताइन् ।
२०७५ सालमा ५ जना बालबालिकाबाट शुरु गरिएको यस परोपकारी संस्थामा आज ६ बालिका र ६ बालक गरी १२ जनाले संरक्षण पाइरहेको बताइन् । ५ वर्षदेखि १० वर्षसम्म उमेर समूहका ती बालबालिकाहरुलाई संरक्षणका लागि स्थानीय कालिका आधारभूत विद्यालयको पुरानो भवनलाई उपयोग गरिएको छ । भ्mयालमा केही पल्ला नभएकाले केही चिसो हुने भएपनि यसको पुर्ननिर्माण गरिदिन भने अहिलेसम्म कोही नआएको उनले बताइन् ।
धेरै बालबालिकाहरुका लागि माग भइ आएपनि बस्ने राम्रो व्यवस्था र खाने लाउनेदेखि उनीहरुको सम्भारका लागि आवश्यक पर्ने कर्मचारीको लागि स्रोतको कमि पर्ने भएकाले थप सेवा बिस्तार गर्न नसकिएको उनले बताइन् । यस् संस्थाले असहाय, टुहुरा तथा सडक बालबालिकाहरुलाई आश्रय र शिक्षा प्रदान गर्दै आइरहेको छ ।