![]()
बागमती प्रदेश सरकारको निर्णय
हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मंगलबार मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयमार्फत विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई उक्त रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
यस्तै, सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। दोलखाका पाखरेललाई चार वर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तै, संघीय समपुरक तथा विषेश अनुदान तर्फका आयोजना÷कार्यक्रमहरु प्रस्ताव गर्ने, बैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका दुई करोड ४० लाख रुपैयाँ दिने, स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिए।
