![]()
काठमाडौं : सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको मुख हेरेर निर्णय नगर्ने नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताएका छन्।
आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले भने, ‘प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ भन्ने भ्रम फैलाएका हुन्। उहाँले निर्वाचन हुन्छ भनेर जनतालाई समेत भ्रम फैलाइराख्नुभएको छ।’
उनले थपे, ‘सर्वोच्चले आन्दोलनमा उत्रिएका दलको मुख हेरेर पनि निर्णय गर्दैन। संसद् पुनर्स्थापना संविधानअनुसार हुन्छ, अब दिउँसै रात पर्यो, आकाश खस्यो भने कसैको केही केही लाग्दैन।’
नेकपाको बहुमत आफ्नो पक्षसँग भएकाले आधिकारिक नेकपा आफूहरू नै भएको पनि उनले दाबी गरे।
