Loading

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफू धनगढी आउँदा मुख्यमन्त्री त्रिलोचन भट्ट स्वागत गर्न नआएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मुख्यमन्त्रीमा राजनीतिक संस्कार नभएको समेत बताए। उनले आफूहरु धनगढी आउँदा मुख्यमन्त्रीले स्वागत गर्नु उहाँको दायित्व भएको बताएका छन्। उनले भने ‘मुख्यमन्त्री काठ्माडौं जादाँ गृह मन्त्रालयले आवास, सुरक्षा, गाडीको व्यवस्था गर्दिन्छ, हामी यहाँ आउँदा उहाँहरुको दायित्व हो, जस्तोसुकै मतभेद वा कांग्रेसको सरकार भएपनि स्वागत गर्ने दायित्व हो, त्यो सस्कार उहाँमा देखिएन।’

यस्तै थप प्रसंगमा बोल्दै मन्त्री भट्टले प्रदेश सरकारबारे छिट्टै निर्णय हुने बताए। प्रदेश संरचना नै खारेज हुने हल्ला छ नि भन्ने प्रत्रकारका प्रश्नमा भट्टले आफूहरु प्रचण्ड–नेपाल समूहका गतिविधि नियालिरहेको बताए। उनले भने, ‘उहाँहरुले के गर्नुहुन्छ र कस्ता क्रियाकलाप गर्नुहुन्छ हेर्दै छौं, संस्थापन पक्ष कसैलाई बदलिहाल्ने र कसैसँग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन, उनीहरुका कदमलाई गम्भीरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेका छौं। छिट्टै स्थायी समितिको बैठक बस्छ, त्यसले प्रदेश संरचनाबारे कस्तो कदम चाल्नेबारे निर्णय गर्छ।’

मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरीत काम गरेका पनि उनले बताए।

नेपाल सरकारकाले तोकेको पछिल्लो नयाँ मर्यादाक्रम, कस्को मर्यादा कहाँ ?

सरकारले नयाँ सरकारी मर्यादाक्रममा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।

जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री रहनेछन् । यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् । यस्तै प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीको समान सातौं मर्यादा रहनेछ ।

नयाँ मर्यादाक्रममा प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ । केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता लगायतका छन् ।

प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन् । अन्य महानगरका मेयर, प्रदेशका सहायकमन्त्री लगायत दशौं नम्बरमा छन् ।

सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै कायम गरिएको छ । नगरपालिकाका प्रमुख १४ औं र गाउँपालिकाका प्रमुख १५ औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७ औं नम्बरमा छन् ।

मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहनेछन् ।