![]()
टीकापुर जेसिजको सप्ताहाव्यापी कार्यक्रम अन्र्तगत छैठौ दिन शनिबार टीकापुरको विकासको लागि विचार गोष्ठी भएको छ । जेसिज वर्ष २०२० का उपाध्यक्ष भक्तराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावल रहनुभएको थियो । उहाँले टीकापुरको विकासको लागि सबै एकमत भएर जानुपर्ने बताउनुभयो । विकासमा राजनितीले बाधा, अवरोध सिर्जना गर्ने भएकाले व्यक्तिको नभई विधिको शासन हुनुपर्ने बताउनुभयो । स्थानीय सरकारको स्वायत्त क्षेत्राधिकार रहेकोले सोही अनुसार वृहत योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयोे ।
विशिष्टि अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले नगरपालिकाको पाश्र्वचित्रले टीकापुरको बस्तुस्थिति यथार्थ पहिचान गरेकोले सोही आधारमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले विकास लागि सोही आधारलाई टेकेर २० वर्षे दीर्घकालिन र दुरगामी विकासको लक्ष्य लिएको बताउनुभयो ।
कार्यक्रममा टीकापुरको विकासको लागि विभिन्न ६ जना विज्ञले आ–आप्mनो धारणा प्रस्तुत गरेका थियो । शिक्षा क्षेत्रबाट तेजराज खनालले शिक्षा क्षेत्रको विकासको लागि गुरु योजना, विद्यालयीय वातावरण, विद्यालयको भौतिक संरचनागत विकास र दक्ष शिक्षक हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रबाट शंकरप्रसाद शर्माले स्वास्थ्य सेवा सर्वसुलभ र सहुलियतपूर्ण हुनुपर्ने बताउनुभयो । टीकापुरमा स्वास्थ्यको क्षेत्रमा सुधार हुदै गएको र स्वास्थ्य विमा कार्यक्रम, जेष्ठ नागरिकलाई दिइने सेवालाई भरपर्दो बनाउँदै जानुपर्ने बताउनुभयो ।
कृषि क्षेत्रबाट दिपेन्द्र चौधरीले परम्परागत खेती प्रर्णालीले विकासको लक्ष्यमा नपुगिने भएकोले आधुनिकीकरण, व्यवसायिकता र यान्त्रिकरण हुनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा कृषि प्रयोगशाला, सिचाईको लागि पानी, गुणस्तरिय मल, दक्ष जनशक्ति, बजार विस्तार, प्लान्ट क्वारेन्टाइनको स्थापना हुनुपर्ने बताउनुभयो । यसको लागि स्थानीय तहमा ऐन नियम बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
व्यापार क्षेत्रबाट टीकाराम जोशीले विकासको लागि टीकापुर बजारलाई केन्द्र विन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । व्यापार व्यवसायको लागि सहजरुपमा विद्युत सेवा उपलब्ध हुनुपर्ने, औद्योगिक क्षेत्रको रुपमा विकास गर्न लगानीकर्ता भित्र्याउनु पर्ने, प्रदेश र स्थानिय सरकारले लगानीको बातावरण बनाउनुपर्ने बताउनुभयो ।
खेल क्षेत्रबाट अर्जुन ठकुल्लाले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । प्रतिभावान खेलाडीहरु आर्थिक विपन्नताले पछि पर्दै जाने हुनाले नगरले तत्काल र दिर्घकालिन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रबाट कालु हमालले जैविक विविधताको संरक्षण प्रचार प्रसारले विकास हुने बताउनु भयो । टीकापुरमा विभिन्न पर्यटकीय सम्भाव्य क्षेत्र रहेको हुनाले प्रचार प्रसारमा जोड दिए आर्यआजर्नमा टेवा पुग्ने बताउनु भयो ।
जेसिजका कार्यकारी उपाध्यक्ष झनकराज तिमिल्सिनाले स्वागत गर्नु भएको कार्यक्रममा अस्थापाठ कमल सुवेदीले गर्नु भएको थियो । संचालन र सहजीकरण महासिचव पृथ्वीराज ढुंगाना र जेसिज वर्ष २०१९ का अध्यक्ष टेकराज रेग्मीले गर्नु भएको थियो ।
टिकापुर एफएम
