Loading

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्रराज पौडेलले राजनीति त्यागेको घोषणा गरेका छन् । पार्टीको केन्द्रमा राजनीतिक विभाजन भएपछि उनले जिल्ला नेतृत्वसमेत त्यागेर अब नेकपाको राजनीति नगर्ने घोषणा गरेका छन् ।

पार्टी निर्माणका क्रममा भोगेको दुःखका बयानसहित नेता पौडेलले अब राजनीतिक रुपमा कहीँ कतै नलाग्ने तर सामाजिक काममा भने अझ अग्रसर बन्ने प्रण गरेका छन् ।

पौडेलले सामाजिक सञ्जालमार्फत आफू अब राजनीतिमा नरहेको र यस निर्णयमा पुनर्विचार नगर्ने भन्दै नेता, कार्यकर्तालाई आफूलाई राजनीतिको विषयमा रहेर सम्पर्क नगर्न पनि आग्ह गरेका छन् ।