![]()
टीकापुर / लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।
आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ । जनशक्ति छनोटका लागि लिखित, सीप परीक्षण र सामूहिक परीक्षण र अन्तर्वार्ता परीक्षा लिइने सूचनामा उल्लेख छ । अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगलाई आग्रह गर्दछ । मन्त्रालयको विवरणअनुसार लोक सेवा आयोगले परीक्षा सन्चालन गरी पदपूर्तिका लागि सिफारिस गर्दछ । लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

