![]()
डोटी / डोटीको बोटगान फुड्सिल गाँउपालिकामा जिप दुर्घटना हुँदा दुई सरकारी कर्मचारीसहित तीन जनाको घटनास्थलमै र एकको अस्पताल लैजादै गर्दा मृत्यू भएको छ ।
डोटीको दिपायलबाट चवराचौताराका लागि छुटेको मे १ च ५५० नम्बरको जिप सोही गाउँपालिकाको वडा नं ७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी पीर बोगटान फुड्सिल गाउँपालिका वडा नं। ७ चवराचौतारामा वडा सचिव २८ वर्षीय नायबसुब्बा मञ्जु त्रिपाठी र उनकी सासूआमाको मृत्यु भएको हो। मृतक मुञ्जु त्रिपाठीकी घाइते ३ वर्षीय छोराको उपचारका लागि बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो। उनको उपचारार्थ दिपायल लैजाँदै गर्दा मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले जानकारी दिएकी छन्।
उपचारका लागि उपाध्यक्ष बमले बच्चालाई काखमा राखेर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो। मृतक त्रिपाठी, उनका छोरा र उनकी सासुआमा एकै घरका हुन्। उनीहरुको घर बैतडी जिल्ला रहेको जनाइएको छ। त्यस्तै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृषि प्राविधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।
घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी तथा उनकी श्रीमती खेमा गिरी रहेका छन्। त्यस्तै खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम घाइते भएका हुन्।
कच्ची सड्कमा जिप भीरबाट करिब २०० मिटर तल खसेको बताइएको छ। राति करिब एक बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनामा घाइते चारजनाको उपचार दिपायल भइरहेको प्रहरीले जानकारी दिएको छ।
