![]()
टीकापुर/ माननीय उर्जामन्त्री पम्फा भुसालले कर्णाली नदीकटान र तटीय क्षेत्रको निरीक्षण गरी त्यसबाट हुने जोखिमको निराकरण गर्न विभागीय टोलीलाई निर्देशन गर्नुभएको छ ।
मंगलबार र बुधबार दुई दिन कर्णाली नदीको तटीय क्षेत्रमा निरीक्षण गरी मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुखलाई सो निर्देशन गर्नुभएको हो । उहाँले नदीकटान नियन्त्रणका लागि दिर्घकालीन र अल्पकालीन दुवै योजना बनाएर अघि बढ्न विभागीय टोलीलाई निर्देशन दिनुभएको हो । टीकापुर नगरपालिका उपप्रमुख सहितको स्थानीय टोलीले दिएको सुझाव रसल्लहलाई मनन गर्दै उहाँले तत्कालै भरपर्दो तटबन्ध बनाउन र नदीको पानी कर्णालीको गेरुवा र सत्तिघाट दुबैतर्फ पुर्ववत रुपमा फर्काउन समेत निर्देशन दिनुभएको छ।
निरीक्षणमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यत्रय हेमराज भट्टराई, नेपबहादुर चौधरी, भगत बडुवाल (संविधान सभा सदस्य), नवनिर्वाचित साँसद लालवीर चौधरी, टिकापुर नगरपालिकाका उप प्रमुख खडक बहादुर शाह, स्थानीइ टीकापुर र लम्की चुहा नगरपालिकाका वडाध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
कर्णालीको कटान हुने कैलाली तर्फको सबैक्षेत्र निरीक्षण गरी बर्दिया तर्फको क्षेत्र निरीक्षण गर्न मन्त्री भुसाल सहितको मन्त्रालयको विभागीय टोली त्यसतर्फ प्रस्थान गरेको थियो । यसअघि मंगलवार राति पार्टी स्थानीय कार्यकर्ताहरुसँग टीकापुरस्थित सिद्धार्थ होटलमा उहाँले सुझाव तथा परामर्श लिनु भएको थियो ।
