![]()
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोग मा बुझाएका हुन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।
यसैबीच निर्वाचन आयोगले मंसिर २६ गते सोमबारसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।
आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धि प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए ।
यी हुन् ११० सांसद्
नेपाली कांग्रेसबाट सरस्वती बजिमय, लिलादेवी बोखिम,सीता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचन, अम्बिका बस्नेत, सरिता प्रसाई, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की रहेका छन् ।
यसैगरी साँसद्मा नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, कल्पना चौधरी, विना कुमारी थनेत, जावेदा खातुन् जागा, जीवन परियार, विमलेन्द्र निधि, प्रकाशशरण महत रहेका छन् ।
नेकपा ९एमाले० बाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् ।
यस्तै रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल, आस्माकुमारी चौधरी, शान्ति चौधरी सूचिमा समेटिएका छन् ।
यसैगरी ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुकमणि राना बराली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विनादेवी, अमृतादेव अग्रहरी, प्रतीक्षा तिवारी, सराज अहमद फारुकी एमालेको तर्फबाट समानुपातिक साँसद् हुने भएका छन् ।
नेकपा ९माओवादी केन्द्र० बाट दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपासोसी चौधरी, रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, अमरावती देवी यादव, कल्पना मिया समानुपातिक सांसद् हुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, शिव नेपाली, डा। ढाकाकुमार श्रेष्ठ, ।इन्दिरा रानामगर, सुमना श्रेष्ठ, डा। चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायत, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी र।असिम शाह सांसद् हुने भएका छन् ।
राप्रपाबाट पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, । बीना लामा, बीना जैसवाल, अनिषा नेपाली समानुपातिक सांसद छानिएका छन् ।
जसपाबाट प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर, सहनाज रहमान सांसद हुने भएका छन् ।
पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।
सौर्य अनलाइनबाट
