Loading

टिकापुर/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा टिकापुरमा सोमबार एक वृहत साहित्यिक कार्यक्रम आयोजना गरिएको छ।

देवकोटा साहित्य कला परिवार टिकापुर, टिकापुर सामुदायिक पुस्तकालय र सुदूरपश्चिमाञ्चल साहित्य सङ्गीत कला प्रतिष्ठान टिकापुरको सँयुक्त आयोजनामा भइरहेको यस कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरुले कविता तथा गीत वाचन गरेका छन्।

यसरी वाचन गर्ने कविहरुमा डीपी दर्शन, किर्ति जोशी, कान्तिप्रसाद ज्ञवाली, राजन रेग्मी, नरबहादुर थापा, बलबहादुर बिष्ट, कण्ठराज गिरी, चक्रप्रसाद अधिकारी, रामप्रसाद रिमाल, आनन्दबिक्रम राणा, खगेन्द्र प्रसाद उपाध्याय, कैलाश वियोगी, बाबु देवकोटा, अटल उपेन्द्र, मदन प्यासी, दीपक सँगम, तेजबहादुर तिरुवा, देवानन्द रिमाल लगायत रहेका छन् ।

टिकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भइरहेको यस कार्यक्रममा सञ्चालन सचिव देवेन्द्र बहादुर शाह र स्वागत मन्तव्य सुदूरपश्चिमाञ्चल साहित्य सङ्गीत कला प्रतिष्ठानका अध्यक्ष देवानन्द रिमालले गरेका छन्।

कार्यक्रम जारी छ…