एमाले उपाध्यक्ष पाण्डेलाई मातृशोक
![]()
टीकापुर/एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।’ आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको पाण्डेले जानकारी दिएका छन् ।
मनमाया पाण्डेको काठमाडौं सीतापाइला स्थित आफ्नै निवासमा निधन भएको हो । उनका पाँच छोरा र तीन छोरी रहेका छन् ।

सार्वजनिक पदका व्यक्तिको उम्मेदवारी खारेज हुने
![]()
कैलाली/ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतस् खारेज हुने बताएका छन् ।
नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताए ।
प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने– ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र …

जसपाका कार्यकारिणी सदस्य कार्कीले छाडे पार्टी
![]()
टीकापुर, असोज/जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टीबाट राजीनामा दिएका छन् । कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् ।
उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको बताए ।
जसपाले कार्कीको नाम मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर मोरङ क्षेत्र २ कांग्रेसको भागमा पर्ने निश्चित भएपछि उनले पार्टी परित्याग घोषणा गरेका हुन् ।

सुप राजधानी कपः गण्डकी प्रदेश सेमिफाइनलमा
![]()
सीताराम ओझा
कैलाली, १२ असोज/गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ ।
आज धनगढीमा सुदुरपश्चिम प्रदेशलाई सडनडेथमा हराउँदै गण्डकी अन्तिम दुईमा पुगेको हो । हिजो भएको खेल २–२ को बराबरी भएपछि पेनाल्टी भएको थियो । रात परेपछि आधामै पेनाल्टी रोकिएको थियो । आज भएको सडनडेथमा गण्डकी प्रदेशले सुदुरपश्चिम निलोलाई १४–१३ ले हराएको हो ।
प्रतियोगितामा बागमति र प्रदेश नम्बर १ ले सहभागीता जनाउन नसक्ने भएपछि कर्णाली प्रदेश सिंधै फाईनल पुगेको छ । प्रतियोगिता अन्तर्गत अब एक मात्रै सेमिफाईनल हुनेछ । भोली हुने सेमिफाईनलमा लुम्बिनी …

२५औं राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरी प्रथम
![]()
काठमाडौं, १२ असोज/नेपाल पौडी संघको आयोजनामा २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गरी नेपाल प्रहरीको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञ मान तुलाधरले ५ स्वर्ण र १ रजत, युवान लाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिल कुमार थापा मगरले ३ रजत र १ कास्य, रेवान्त बहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समिरा सोभा थापा …

असफल विकासको रुपान्तरणमा माओवादीको भूमिका
![]()
-डा.ठाकुरप्रसाद भट्ट
प्रारम्भिकः विकासको चर्चा २००७ साल देखिनै नेपाली समाजमा अधिक रुपमा हुँदै आएको छ । तथापि यथार्थमा विकास के हो र यस्ले दिने परिणाम कस्तो हुने भन्ने स्पष्ट धारणा र योजनाबारे भने अन्यौलता नै बढी छ । यसो हुनुमा हाम्रो विकास आफ्नै सोचविचारले होइन विदेशी दाताबाट बढी निर्देशित छ । अर्को तर्फ शासकहरुले आफ्नो सत्ता सुरक्षित गर्ने साधनका रुपमा विकासको दुरुपयोग गरे । पंचायतले विकासको मूल फुटाउने नारा दिएर जनतालाई भ्रम छरी शासन ग¥यो । पंचायत पश्चातको उदारवादको विश्वव्यापी हावाले अझैसम्म लपेटीरहेकै छ । फलस्वरुप विदेशी दाता र शासकवर्गको …

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
![]()
टीकापुर/निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्न लागेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १२ असोज बुधबार (भोलि)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको जानकारी दिए । उनले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा रहेको बताए ।
प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी ४ मंसिरमा देशभर एकैचरणमा मतदान हुँदै छ । आयोगले निर्वाचनका काम तीव्रगतिमा सञ्चालन गरिरहेको छ । यही क्रममा आयोगले निर्वाचनमा सहभागी हुने दलहरूसँगकै छलफलका आधारमा आचारसंहिता निर्माण गरेको हो ।